ब्रेकिङ न्युज
विज्ञापन
समाज

लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गको लेदो र गेग्रान पन्छाएपछि पुनः सञ्चालनमा आएको छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ९ पिन्थलीबेँसी नजिकै आज लेदो माटो र गेग्रान खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयकाका सूचना अधिकारी रविन विष्टले जानकारी दिए।

उनका अनुसार मङ्गलटारबाट करिब तीन किलोमिटर भकुन्डेतर्फ नार्के र पिन्थलीबेँसीबीचको निर्माणाधीन सडकखण्डमा लेदो खसेको थियो। डोजरको सहायताले सडकमा थुप्रिएको लेदो र गेग्रान हटाएपछि यातायात सञ्चालनमा आएको विष्टले बताए।

विज्ञापन

वर्षा जारी रहेमा सडकका अन्य स्थान पनि अवरोध हुनसक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न सवारी चालक तथा यात्रुलाई प्रहरीले आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।