ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

मधेशमा कांग्रेसको विरासत जोगाएका आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मुस्लिम क्लस्टरतर्फ केन्द्रीय सहमहामन्त्री पदमा डा. फिरदौस आलम निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिस्पर्धीलाई ६०० भन्दा बढी मतान्तरले पराजित गर्दै पार्टीको केन्द्रीय नेतृत्वमा स्थान सुरक्षित गरेका हुन्।

रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित आलमको यो सफलतालाई मधेशको कांग्रेस राजनीतिमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

विशेषगरी मधेश प्रदेशमा कांग्रेसले निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको अवस्थामा रौतहटबाट पार्टीको प्रतिनिधित्व गर्दै संसदीय निर्वाचनमा विजयी भएका आलमले केन्द्रीय पदमा समेत सफलता हासिल गर्नुलाई उनका समर्थकले गौरवको विषय मानेका छन्।

विज्ञापन

डा. आलम नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमका जेठा छोरा हुन्। रौतहटको राजनीतिमा लामो समय प्रभाव जमाएका आफताब आलमको राजनीतिक विरासतलाई निरन्तरता दिँदै डा. फिरदौस आलमले संसदीय राजनीतिसँगै पार्टीको केन्द्रीय नेतृत्वमा समेत आफ्नो उपस्थिति बलियो बनाएका छन्।

आफ्ना पिता आफताब आलमको राजनीतिक प्रभाव रहेको रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु र त्यसपछि पार्टीको केन्द्रीय सहमहामन्त्रीमा पुग्नु डा. आलम का लागि राजनीतिक रूपमा महत्त्वपूर्ण उपलब्धिको रुपमा हेरिएको छ। यसले जिल्लामा उनको राजनीतिक भूमिकालाई थप स्थापित गर्ने अपेक्षा गरिएको छ।

आफताब आलमको राजनीतिक जीवन भने विभिन्न उतारचढाव र विवादसँग जोडिएको थियो। पहिलो संविधानसभा निर्वाचन को पूर्वसन्ध्यामा रौतहटको राजपुरस्थित भएको बम विस्फोट तथा त्यससँग सम्बन्धित घटनाको मुद्दामा उनी पक्राउ परेर जेल गएका थिए। जेलबाट रिहा भएपछि बिरामी परेका उनको उपचारका क्रममा निधन भएको थियो। उक्त घटनासम्बन्धी कानुनी र राजनीतिक विवादले उनको सार्वजनिक जीवनलाई लामो समय प्रभावित पारेको थियो।

यस्तो पृष्ठभूमिबीच डा. फिरदौस आलमले आफ्नो निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै संसदीय राजनीतिमा सफलता हासिल गर्नु र कांग्रेसको केन्द्रीय पदमा निर्वाचित हुनु उनको राजनीतिक यात्राको नयाँ अध्यायका रूपमा हेरिएको छ।

नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा नयाँ पुस्ताको उपस्थिति र मधेशको प्रतिनिधित्वका दृष्टिले पनि उनको निर्वाचित हुनु अर्थपूर्ण मानिएको छ।

पार्टीभित्र मुस्लिम समुदायको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने, मधेशका राजनीतिक मुद्दालाई राष्ट्रिय तहमा उठाउने र संगठनलाई सुदृढ बनाउने चुनौती तथा अवसर अब उनीसामु रहनेछन्।

डा. आलमको सफलताप्रति उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनीहरूले डा. आलमलाई मधेश प्रदेश र रौतहट जिल्लाको गौरव, युवाहरूको आशा तथा भरोसाको प्रतीकका रूपमा चित्रण गर्दै उनको आगामी राजनीतिक यात्रा थप सफल र उपलब्धिमूलक बनोस् भन्ने कामना गरेका छन्।

कांग्रेसको आन्तरिक राजनीतिमा नेतृत्व परिवर्तन र नयाँ पुस्ताको भूमिकाबारे बहस भइरहेका बेला डा. फिरदौस आलमको केन्द्रीय सहमहामन्त्रीमा भएको विजयले मधेशको प्रतिनिधित्व, समुदायगत सहभागिता र क्षेत्रीय राजनीतिक प्रभावका विषयलाई पुनः चर्चामा ल्याएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।