नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतीय राजनीतिमा नेहा बोरा युवाहरूका माझ नयाँ आशा र भरोसाका रूपमा उदाउँदै गरेको बताएका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले यस्तो बताएका हुन्। उनले शालीन र शान्तिपूर्ण आन्दोलनको वास्तविक शक्ति नेहा बोराले प्रमाणित गरिरहेको उल्लेख गरेका छन्। यसले लोकतन्त्रको भविष्य र वाम आन्दोलनप्रति नयाँ आशा जगाएको उनको भनाइ छ।
‘भारतीय राजनीतिमा नेहा बोरा युवाहरूका माझ एउटा नयाँ आशा र भरोसाको रूपमा उदाउँदै छिन्। शालीन र शान्तिपूर्ण आन्दोलनको वास्तविक शक्ति के हो भन्ने कुरा उनले प्रमाणित गरेर देखाइरहेकी छिन्। यसले लोकतन्त्रको भविष्य र वाम आन्दोलनप्रति नयाँ आशाको सञ्चार गराएको छ,’ उनले सामाजिक सञ्जालमार्फत भने।

पोखरेलले नेहा बोरा र भारतीय युवाहरूलाई हार्दिक बधाईसमेत दिएका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।