बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लाको एक रिसोर्टमा शनिबार बिहान आगलागी हुँदा १० जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्लास्थित अग्नि सेवा तथा नागरिक सुरक्षा विभागका उपसहायक निर्देशक सैयद मोहम्मद मोर्शेद हुसेनका अनुसार कक्स बजारको इनानीमा रहेको टुपटुप रेस्टो एन्ड रिसोर्टमा आगलागी भएको हो। उक्त रिसोर्ट बंगालको खाडी नजिकै छ। इनानी आन्तरिक पर्यटकका लागि लोकप्रिय गन्तव्य हो।
हुसेनका अनुसार शनिबार बिहान लागेको आगो तीन तले काठको रिसोर्टमा तीव्र गतिमा फैलिएको थियो। मृत्यु हुनेमा बालबालिका पनि रहेको उनले बताए। तर, उनले उनीहरूबारे थप विवरण दिएका छैनन्।

आगलागीको कारण भने तत्काल खुल्न सकेको छैन।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।