ब्रेकिङ न्युज
विज्ञापन
अर्थतन्त्र

फुङ्लिङमा बजार अनुगमन तीव्र

जिल्ला अनुगमन समिति ताप्लेजुङले बजार अनुगमनलाई तीव्र बनाएको छ। सोमबार माछा तथा मासु पसलको अनुगमन गरेको अनुगमन टोलीले मंगलबार बिहान किराना, खाद्यान्न तथा तरकारी पसलहरूको अनुगमन गरेको हो।

संयुक्त अनुगमन टोलीले मंगलबार फुङ्लिङका १३ वटा पसलको अनुगमन गरी न्यूनतम व्यावसायिक मापदण्ड पूरा गर्न निर्देशन दिएको अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार अनुगमनका क्रममा व्यवसायको प्रकृतिअनुसार दर्ता तथा नवीकरण गर्न, व्यवसायको प्रकृतिअनुसार पसलको व्यवस्थापन गरी सञ्चालन गर्न, दर्ता तथा नवीकरणमा आउन नसकेका पसल व्यवसायीलाई तत्काल वैधानिक प्रक्रिया पूरा गर्न, मूल्यसूची सबैले देख्ने गरी राखी नियमित अद्यावधिक गर्न, माछा तथा मासु पसलको उचित सफाइमा ध्यान दिन र प्रचलित दररेटभन्दा बढी मूल्य लिएर सामान बिक्रीवितरण नगर्न व्यवसायीलाई सुझाव दिइएको छ।

विज्ञापन

संयुक्त अनुगमनपछि व्यवसायीलाई प्रदान गरिएका सुझावको उचित कार्यान्वयन भए–नभएको बारे अनुगमन समितिले छड्के अनुगमनसमेत गर्ने जनाएको छ।

अनुगमन समितिले सोमबार यहाँका माछा तथा मासुजन्य पदार्थ बिक्रीवितरण गर्ने पसल व्यवसायको अनुगमन गरेको थियो। अनुगमनका क्रममा माछा पसलको व्यवस्थापनमा ध्यान दिन निर्देशन दिइएको समितिले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, फुङ्लिङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालयसहितका निकाय तथा उद्योग वाणिज्य संघ, पत्रकार महासंघ र उपभोक्ता हित संरक्षण मञ्चसहितका निकायहरूको सहभागितामा बजार अनुगमन गरिएको सहायक प्रजिअ भट्टराईले बताए।

अनुगमन समितिले केही दिनअघि सिरीजङ्घा गाउँपालिकासँगको सहकार्यमा तेल्लोक बजारमा रहेका पसलहरूको अनुगमन गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।