ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

चीनको निर्यात ३६.३ प्रतिशतले बढ्यो, व्यापार बचत नयाँ रेकर्डतर्फ

चीनको निर्यात गत वर्षको सेप्टेम्बरको तुलनामा यस वर्ष ३६.३ प्रतिशतले बढेको छ।

चीनको भन्सार निकायले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार उच्च प्रविधिका सामानको निर्यात बढ्दा देशको निर्यात-आयातबिचको अन्तर पनि बढेको हो। अगस्टमा २५ प्रतिशतले बढेको निर्यात सेप्टेम्बरमा थप तीव्र भएको छ। अर्धचालक, विद्युतीय सवारीसाधन र अन्य उच्च प्रविधिका सामानको माग बढ्दा चीनको निर्यातमा वृद्धि भएको हो। फ्याक्टसेटका अनुसार यो वृद्धि फेब्रुअरीयताकै उच्च हो।

सेप्टेम्बरमा चीनको आयात पनि गत वर्षको सोही अवधिको तुलनामा ३१ प्रतिशतले बढेको थियो। तर निर्यात बढी भएकाले आयातभन्दा निर्यातको मूल्य १३३ अर्ब ५० करोड अमेरिकी डलरले बढी भएको छ। अगस्टमा यस्तो अन्तर ११९ अर्ब १० करोड डलर थियो।

विज्ञापन

यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म चीनको निर्यात र आयातबिचको अन्तर ९३८ अर्ब डलर पुगेको छ। यो गत वर्षको पूरै वर्षको १.२ ट्रिलियन डलरको रेकर्ड नजिक छ। लामो समयदेखि घरेलु खपत र लगानी कमजोर रहेकाले चीनको आर्थिक वृद्धिमा निर्यातले महत्त्वपूर्ण भूमिका खेलेको छ।

तर चीनको निर्यात वृद्धिलाई लिएर अमेरिका र युरोपेली संघ (ईयू) लगायतका व्यापारिक साझेदारले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले चीनबाट अत्यधिक सामान आयात हुँदा आफ्ना उद्योगलाई असर पर्ने र व्यापार असन्तुलन बढ्ने बताएका छन्।

चीनको भन्सार तथ्यांकअनुसार जनवरीदेखि सेप्टेम्बरसम्म अर्धचालकको निर्यात मूल्य १०८.१ प्रतिशतले बढेको छ। स्वचालित डेटा प्रशोधन उपकरण र त्यसका पार्टपुर्जाको निर्यात ५४.६ प्रतिशत तथा अटो निर्यात ५४.३ प्रतिशतले बढेको छ।

यद्यपि, विश्वव्यापी माग घटेमा चीनको निर्यातमा असर पर्न सक्ने विश्लेषकहरूले बताएका छन्। विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी घटेमा उच्च प्रविधिका सामानको निर्यात प्रभावित हुन सक्छ।

चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिको लक्ष्य ४.५ देखि ५ प्रतिशत राखेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले भने घरेलु अर्थतन्त्रको कमजोरीलाई निर्यातले पूर्ण रूपमा धान्न नसकेको भन्दै यस वर्ष चीनको आर्थिक वृद्धि अनुमान घटाएर ४.५ प्रतिशतमा झारेको छ। एजेन्सी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।