ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

‘पेन्सन पट्टा’ को कमाइ नौ करोडमाथि, ‘बेहुली’ र ‘बाः एक युद्धा’ को यस्तो छ अवस्था

चलचित्र ‘पेन्सन पट्टा’ यसवर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये दोस्रो धेरै कमाउने चलचित्र बनेको छ। प्रदर्शनको एक महिना पुरा नहुँदै यसले राम्रो कलेक्शन गरेको छ।

चलचित्र विकास बोर्डले सोमबार प्रदर्शनमा रहेका नेपाली चलचित्रहरुको बक्स अफिस विवरण सार्वजनिक गरेको छ। आइतबार असोज २५ गतेसम्म यसले नौ करोड ८८ लाख ९२ हजारको कलेक्शन गरेको छ। भने तीन लाख ४७ हजार आठ सय ८२ले हेरेका छन्।

भदौ २६ देखि प्रदर्शनमा आएको यो चलचित्रमा माओत्से गुरूङको निर्देशन रहेको छ, भने दयाहाङ राई, गौमाया गुरूङ, विल्सन विक्रम राई, पशुपति राई, बुद्धि तामाङ र विश्वास गुरूङलगायत कलाकारको अभिनय छ।

विज्ञापन

यसैगरि असोज ९ देखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक युद्धा’ ले तीन करोड माथिको व्यापार गरेको छ। प्रदर्शनको तेस्रो सतामा आइ पुग्दा यसले तीन कारोड पाँच लाखको कलेक्शन गरेको छ। भने एक लाख सात हजार पाँच सय ३३ टिकेट बिक्री भएको छ।

‘बाः एक युद्धा’मा चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन्।

चलचित्र ‘बेहुली’ को भने कलेक्शनमा सुस्तता देखिएको छ। भदौ २६ देखि प्रदर्शनमा आएको चलचित्रले झन्डै तीन करोडको कलेक्शन गरेको छ।आइबारसम्म यसले दुई करोड ९९ लाख रुपैयाँको कलेक्शन गरेको छ, भने एक लाख छ हजार पाँच सय ४३ वटा टिकेट बिक्री गरेको छ।

सशान कँडेलको निर्देशन रहेको चलचित्रमा पारस र दिव्याका साथै सुशान्त कार्की, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।