ब्रेकिङ न्युज
विज्ञापन
समाज

नवरात्र प्रारम्भः खुल्यो त्रिशूली मन्दिर

शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ। यो मन्दिर शारदीय र वासन्तीय नवरात्रमा मात्र खोलिने परम्परा छ।

मन्दिरमा शास्त्रोक्त विधिले आज घटस्थापना गरिने र विजया दशमीसम्म यो मन्दिर खुला रहने छ। शारदीय नवरात्रमा १० दिन खोलिए पनि चैत शुक्लपक्षको वासन्ती नवरात्रमा भने प्रतिपदादेखि नवमीको मध्यरातसम्ममात्र खोलिने गरेको जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बताए।

जलेश्वरनाथ शिवलिङ्गसँगै त्रिशूली देवी स्थापना भएको जनविश्वास छ। नवरात्रभर त्रिशूली देवीको नित्य पूजाअर्चना जलेश्वरनाथ महादेव मन्दिरका पुजारीबाटै हुँदै आएको छ। त्रिशूली देवीको दर्शनका लागि महोत्तरीसहित मिथिला क्षेत्रका धनुषा, सर्लाही , सिरहा र छिमेकी मुलुक भारतका सीतामढी, मधुवनी, शिवहर र झञ्झारपुर जिल्लासम्मका श्रद्धालु आउने गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।