मुगुको खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खसेर पुरिएका चालकको मृत्यु भएको छ।
सोमबार बिहान करिब ८ः३० बजे खत्याड गाउँपालिका–११ स्थित बिराखोलामा मुगु–रारा भित्री सडकखण्डको बेलिब्रिज पुल जोड्ने नयाँ सडक निर्माणका क्रममा माथिबाट सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित पुरिएका चालक विमल बागको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार पहिरोमा बा ३ क ३२७६ नम्बरको एक्स्काभेटर र त्यसका चालक बझाङ बुंगल नगरपालिका—१० घर भएका २४ वर्षीय विमल बाग पुरिएका थिए।

पछि चालक बागलाई प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा लगिएपनी चिकित्सकहरूले मृत्यु भइसकेको जानकारी दिएका मुगुका प्रहरी प्रमुख डिएसपी रबिराज थपलियाले जानकारी दिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।