ब्रेकिङ न्युज
विज्ञापन
अर्थतन्त्र

सामसङ नेपालद्वारा बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि विशेष मर्मत सेवा अभियानको घोषणा

सामसङ नेपालले हालै नेपालका विभिन्न भागमा गएको भीषण बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग गर्न विशेष मर्मत सेवा अभियान (Special Repair Service Initiative) घोषणा गरेको छ। बाढीपीडित परिवार तथा समुदायहरू बिस्तारै सामान्य जीवनमा फर्कन थालेका बेला मर्मत तथा नयाँ सामान खरिद गर्दा लाग्ने आर्थिक भार कम गर्दै अत्यावश्यक मोबाइल फोन र घरायसी उपकरणहरू पुनः सञ्चालनमा ल्याउन सहयोग गर्नु यस अभियानको मुख्य उद्देश्य हो।

यस अभियानअन्तर्गत सामसङ नेपालले नारायणघाट सर्भिस सेन्टर र पाकोस्थित ताम्राकार सर्भिस सेन्टरमा विशेष मर्मत सेवा केन्द्र सञ्चालन गरी सामसङका विभिन्न उत्पादनका लागि मर्मत सुविधा प्रदान गरिरहेको छ। घरायसी उपकरणहरू (Consumer Electronics) का लागि घरमै पुगेर सेवा दिने (On-site Visit) व्यवस्था पनि गरिएको छ। यस अभियानमा स्मार्टफोन र ट्याब्लेटका साथै फ्रिज, वासिङ मेसिन, टेलिभिजन र अन्य योग्य घरायसी उपकरणहरू समावेश छन्।

यो सेवा क्याम्प नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ वटा स्थानीय तहका बाढी प्रभावित क्षेत्र तथा आसपासका जिल्लाहरू, जस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँका बासिन्दालाई लक्षित गरी सञ्चालन गरिएको हो।

विज्ञापन

घरायसी उपकरणहरू (Consumer Electronics Products)

छनोट गरिएका सामसङका घरायसी उपकरणमा उपलब्ध छुट तथा सुविधाहरू यस प्रकार छन्:

मोबाइल उपकरणहरू (Mobile Products)

स्मार्टफोन र ट्याब्लेटसहित छनोट गरिएका सामसङका मोबाइल उपकरणमा उपलब्ध छुट तथा सुविधाहरू यस प्रकार छन्:

यदि नयाँ पार्टपुर्जा, मर्मत ज्याला र ढुवानी खर्च जोड्दा उक्त सामानको कुल बजार मूल्य (Recommended Retail Price) को ८०% भन्दा बढी हुन पुगेमा, मर्मत गर्नुको सट्टा नयाँ सामान उपलब्ध गराउने विषयमा विचार गर्न सकिनेछ।

नारायणघाट र पाकोस्थित ताम्राकार सर्भिस सेन्टरमा विशेष सेवा क्याम्प

यो विशेष मर्मत सेवा अभियान अक्टोबर २, २०२६ देखि नोभेम्बर २, २०२६ सम्म नारायणघाट सर्भिस सेन्टर र पाकोस्थित ताम्राकार सर्भिस सेन्टरमा विशेष सेवा क्याम्पका रूपमा सञ्चालन भइरहेको छ।

यी स्थानलाई प्रमुख सेवा केन्द्रका रूपमा स्थापना गरी सामसङले बाढी प्रभावित जिल्ला तथा आसपासका क्षेत्रका ग्राहकलाई सहज रूपमा सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। योग्य सामसङ स्मार्टफोन र ट्याब्लेट भएका ग्राहकहरूले जाँच तथा मर्मत सेवाका लागि आफ्ना उपकरणहरू सिधै तोकिएका सेवा क्याम्पमा ल्याउन सक्नेछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।