ब्रेकिङ न्युज
विज्ञापन
समाज

बूढीगण्डकी बाढीले बगायो गोरखा र धादिङ जोड्ने आरूघाटको पुल

गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले आरूघाटको पुल बगाएको छ।

आज बिहान साढे ४ बजे आएको बाढीले गोरखा र धादिङ जोड्ने आरूघाटको पुल बगाएको हो।

गोरखाको आरुघाटस्थित नदी मापन केन्द्रमा बूढीगण्डकी नदीको सतह खतराको तहभन्दा माथि पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

विज्ञापन

प्राधिकरणका अनुसार गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका नदी तटीय क्षेत्रमा जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।