ब्रेकिङ न्युज
विज्ञापन
समाज

दसैंको पूजा थानमा बत्ती जोड्दा करेन्ट लागेर वृद्धको मृत्यु

दसैंको पूजा गर्न घरभित्र बिजुलीको लाइन विस्तार गर्ने क्रममा उदयपुरको सदरमुकाम गाईघाटमा मंगलबार साँझ करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका-१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरी रहेका छन्। मंगलबार साँझ करिब ६:३० बजे उनलाई करेन्ट लागेको थियो।

दसैंको पूजा थानमा बत्ती जोड्न विद्युत् लाइन तान्ने क्रममा अचानक करेन्ट लागेपछि चौधरी गम्भीर घाइते भएका थिए।

विज्ञापन

घटनालगत्तै आफन्तले उद्धार गरी उपचारका लागि उनलाई जिल्ला अस्पताल पुर्‍याएका थिए। तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

घटनापछि शवलाई जिल्ला अस्पतालमै राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु खड्काले जानकारी दिए।

इन्स्पेक्टर खड्काका अनुसार घटनास्थलको सर्जमिन मुचुल्का उठाउने काम भइरहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टमपश्चात् परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।