ब्रेकिङ न्युज
विज्ञापन
अर्थतन्त्र

दशैंअघि नेप्सेमा हरियाली, कारोबार रकम पनि बढ्यो

कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक १७.१५ अंक बढेर २५९१.८० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.८० अंक, फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंक बढेको छ।

नेप्सेसँगै शुक्रबार कारोबार रकम पनि बिहीबारको तुलनामा ९० करोडले बढेको छ। शुक्रबार ३५३ स्टकको ५२ हजार ४४ पटकको कारोबारमा ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार रुपैयाँबराबरको १ करोड २९ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो।

आज कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ४.९१ प्रतिशत बढेको छ भने सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतले वृद्धि हुँदा रिज लाइन इनर्जीको शेयरमूल्य सर्वाधिक ७.८५ प्रतिशतले घटेको छ।

विज्ञापन

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको कुमारी बैंकको २१ करोड ११ लाख रुपैयाँबराबरको शेयर किनबेच हुँदा घलेम्दी हाइड्रोको २० करोड र हिमालयन डिष्टिलरीको १९ करोडको कारोबार भयो।

शुक्रबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। सबैभन्दा बढी बैंकिङ उपसमूहको परिसूचक १.२८ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत बढ्यो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।