ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

दलित खुला केन्द्रीय सदस्यमा डा. डि.बी. सुनारको ३ हजार १६० मत

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (दलित खुला) तर्फ ६ हजार ५०० मत गणना हुँदा डा. डि.बी. सुनारले सबैभन्दा बढी ३ हजार १६० मत प्राप्त गरेका छन्। सागर परियारले २ हजार ६७८ र हरिशरण नेपालीले २ हजार ४४४ मत पाएका छन्।

मतगणनाको पछिल्लो विवरणअनुसार मन्जित ताम्राकारले १ हजार ८८९, राजु परियारले १ हजार ६९५, अम्बरबहादुर बराईलीले १ हजार ६७९, दीपक सोनीले १ हजार ६२५ र दिनेश सुनारले १ हजार ५५६ मत प्राप्त गरेका छन्।

त्यस्तै, ईश्वरबहादुर परियारले १ हजार ४५६, मनबहादुर विश्वकर्माले १ हजार ४५०, शिवबहादुर सुनारले १ हजार ४१३, रमेश वि.क.ले १ हजार ४०४, चक्रबहादुर नेपालीले १ हजार ३३१ र बाबुराम विश्वकर्माले १ हजार २६१ मत पाएका छन्।

विज्ञापन

सूर्यबहादुर वि.क.ले १ हजार २५१, मैकुलाल वाल्मिकिले १ हजार २५२, रमेश ताम्राकारले १ हजार १९२, श्याम कुमार मीरतीले १ हजार १३३, धनबहादुर रसाईलीले १ हजार ४ मत र मुक्तबहादुर महतेले ९९६ मत प्राप्त गरेका छन्।

निरबहादुर विश्वकर्मा (विमल घमाला) ले ९९३, राम कुमार नेपालीले ९८०, भिउसिन दमैले ९४७, लोकेन्द्रबहादुर वि.क.ले ९४६, दिलबहादुर विश्वकर्माले ९३५, रामु नेपालीले ८९६, रोहित विश्वकर्माले ८८७ र गोवर्धन कोलीले ८५९ मत पाएका छन्।

त्यसैगरी, वीरबहादुर विश्वकर्मा (कमल) ले ६८५, जबरबहादुर वि.क.ले ६७२ र डम्भरबहादुर गोल्डस्मिथले ७७८ मत प्राप्त गरेका छन्। सञ्जु सिंह विश्वकर्माले ९५३ मत पाएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।