ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्।

खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्। मतगणनाको पछिल्लो विवरणअनुसार निश्कल राई ३ हजार ८४० मतसहित दोस्रो र इन्द्रबहादुर बानियाँ ३ हजार ६४१ मतसहित तेस्रो स्थानमा छन्। प्रा.डा. गोविन्दराज पोखरेलले ३ हजार ४७८, जितनारायण श्रेष्ठले ३ हजार ३७१ र ई. मोहन आचार्यले ३ हजार २९० मत प्राप्त गरेका छन्।

त्यस्तै, प्रवल थापाले ३ हजार २२६, गणेश लामाले ३ हजार ३४ र राजीव कोइरालाले ३ हजार २२ मत पाएका छन्। हिमाल दत्त श्रेष्ठले २ हजार ८४७, विद्वान गुरुङले २ हजार ६९१, डा. शोभाकर पराजुलीले २ हजार ६४०, ई. अमृत ज्ञावलीले २ हजार ५९१ र अर्जुनप्रसाद जोशीले २ हजार ५८० मत प्राप्त गरेका छन्।

विज्ञापन

सन्दीप रानाले २ हजार ५१५, ई. नवराज त्रिपाठीले २ हजार ४७४, नरेन्द्रकुमार केरुङले २ हजार ४३७, भरतकुमार शाहले २ हजार ४३१, महेश खरेलले २ हजार ३४३ र मिन कृष्ण महर्जनले २ हजार ३३४ मत पाएका छन्।

बलदेव तिमिल्सिनाले २ हजार ३१२, जन्मजय तिमिल्सिनाले २ हजार ३०३, ई. ऋषि कोइरालाले २ हजार २२६, युवराज पाण्डेयले २ हजार २२१, कुमार लुइँटेलले २ हजार १९९ र ई. दीपक बाबु कँडेलले २ हजार १६८ मत प्राप्त गरेका छन्।

किरण के.सी.ले २ हजार १३२, उज्ज्वल प्रसाद बरालले २ हजार १२२, दीपक भट्टराईले २ हजार ७३, महेन्द्रकुमार शर्माले २ हजार १२, मदन कृष्ण श्रेष्ठले १ हजार ९९४, डा. मुकेशराज काफ्ले र डा. सुरज राज काफ्लेले समान १ हजार ९७९ मत पाएका छन्।

प्रमोदहरि गुरागाईंले १ हजार ९५१, लेखनाथ पोखरेलले १ हजार ८९४, डा. कृष्णप्रसाद पौडेल र तिलकबहादुर रानाभाटले समान १ हजार ८९०, किरण किशोर घिमिरेले १ हजार ८७७, रवि सिंहले १ हजार ८६९ र डा. मुक्तिराम श्रेष्ठले १ हजार ८३४ मत प्राप्त गरेका छन्।

प्रकाश सिंह कार्कीले १ हजार ८२६, प्रदिपकुमार सुनुवारले १ हजार ८२३, कृष्ण रिजाल र सुधान्सु कोइरालाले समान १ हजार ७५०, निलकण्ठ रिजालले १ हजार ७३७, कबिर राणाले १ हजार ६९२, श्यामकुमार घिमिरेले १ हजार ६६७ र सन्तोष सुब्बाले १ हजार ६६६ मत पाएका छन्।

चित्रबहादुर के.सी.ले १ हजार ६५१, भीमप्रसाद ढुंगानाले १ हजार ६२०, टेकराज पौडेलले १ हजार ५९४, किशोर दत्त बरालले १ हजार ५८५, उत्तम जोशीले १ हजार ५७० र केशव थापाले १ हजार ५३९ मत प्राप्त गरेका छन्।

मधुरा प्रसाद घिमिरेले १ हजार ४८४, अनिल कृष्ण प्रसाईंले १ हजार ४७९, भीम सिंह गुरुङ (भीम दाई)ले १ हजार ४७४, खडकबहादुर बुढाले १ हजार ३९६, छत्रबहादुर गिरीले १ हजार ३६४ र पुष्पबहादुर शाहले १ हजार ३४९ मत पाएका छन्।

कविता तिवारी (गैह्रे)ले १ हजार ३४०, जगतप्रसाद जोशीले १ हजार ३३२, रमेश रायमाझी र राजेन्द्र खत्री के.सी.ले समान १ हजार ३१२, चिरञ्जिवी थापाले १ हजार ३१० र अष्टकुमार कवेले १ हजार २८६ मत प्राप्त गरेका छन्।

खेलराज पाण्डेयले १ हजार २०७, इच्छुराम रानाले १ हजार १७५, तुलसीनारायण श्रेष्ठले १ हजार १६१, हरिप्रसाद आचार्यले १ हजार १५३, गोविन्दबहादुर शाह (शम्भु)ले १ हजार ११५, धर्मराज गौतमले १ हजार ११५ र दोर्णकुमार कुँवरले १ हजार ११२ मत पाएका छन्।

गोरख (आनन्द) बिष्टले १ हजार १०८, केशवबहादुर चन्दले १ हजार ९०, सचित शर्माले १ हजार ६६, सकलदेव सत्तिहारले १ हजार ५१, राधाकृष्ण भण्डारी (राधे) र विष्णुकुमार कार्कीले समान १ हजार ३० मत प्राप्त गरेका छन्।

दिलिपकुमार ढुंगानाले ९७२, दिलमान सिंह चन्दले ८९३, वीरमणि ढकालले ८५२, सुरेश सुवेदीले ७९५, पुष्पराज भट्टले ७७७, खेमराज ओलीले ७५७ र मुरारीप्रसाद आचार्यले ७३३ मत पाएका छन्।

त्यस्तै, ऋषिप्रसाद शर्मा र प्रवीणकुमार सिंहले समान ६८१ मत प्राप्त गरेका छन् भने प्रभात मणि ओझा (प्रविण)ले ५८७ मत पाएका छन्।

खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुने भएकाले मतगणनाको अन्तिम परिणामले निर्वाचित हुने उम्मेदवारको टुंगो लगाउनेछ। हालको विवरण मतगणना जारी रहँदाको परिणाम हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।