ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

टाइगर श्रफमाथि आक्रमण गर्ने तीन अभियुक्त पक्राउ, नेपाल भाग्ने तयारीमा थिए

बलिउड अभिनेता टाइगर श्रफमाथि आक्रमण गरेको आरोपमा तीन जनालाई भारतको राजस्थानस्थित कोटाबाट प्रहरीले सोमबार पक्राउ गरेको छ।

कोटा प्रहरी अधीक्षक (एसपी) तेजस्विनी गौतमले बीबीसी हिन्दीलाई फोनमार्फत अभियुक्तहरू पक्राउ परेको पुष्टि गरेकी छन्।

एसपी गौतमका अनुसार सोमबार बिहान करिब साढे ११ बजे कोटा सिटी प्रहरीले रेलवे स्टेसनबाट तीनै अभियुक्तलाई पक्राउ गरेको हो।

विज्ञापन

उनले बीबीसीसँग भनिन्, ‘तीनै जना यहाँबाट दिल्ली र त्यसपछि नेपाल भाग्ने तयारीमा थिए। हामी उनीहरूसँग सोधपुछ गरिरहेका छौँ।’

प्रहरीले हालसम्म पक्राउ परेका अभियुक्तहरूबाट हतियार बरामद गर्न सकेको छैन।

आइतबार साँझ मुम्बईमा अज्ञात आक्रमणकारीहरूले अभिनेता टाइगर श्रफको कारमाथि गोली प्रहार गरेका थिए। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।