ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

फ्रान्समा ऐतिहासिक नगरभवन ध्वस्त भएको घटनामा एक व्यक्ति पक्राउ

फ्रान्सको लिमोज सहरमा ऐतिहासिक नगरभवनमा भएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले मंगलबार एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्ति अतिवादी वामपन्थी समूहसँग सम्बन्धित रहेको आशंका गरिएको छ। घटनाको अनुसन्धानमा आतंकवादविरोधी प्रहरी टोलीसमेत परिचालन गरिएको हो। सन् १८८३ मा बनेको नगरभवनमा शनिबार भएको आगलागीले भवनको छाना र घण्टाघर भत्किएका थिए। घटनामा भवनमा ठुलो क्षति पुगेको छ। यो घटना फ्रान्समा हालै भएका हिंसात्मक प्रदर्शनको प्रतीक बनेको छ।

पक्राउ परेका व्यक्ति करिब ४० वर्षका रहेको बताइएको छ। उनलाई लिमोज नजिकैको भाल द’इस्वार सहरमा विशेष प्रहरी इकाइ राइडका अधिकारीले नियन्त्रणमा लिएका हुन्। उनी यसअघि पनि सम्भावित सुरक्षा जोखिमका रूपमा निगरानीमा रहेको र अतिवादी वामपन्थी समूहसँग सम्बन्धित रहेको आशंका गरिएको छ।

विज्ञापन

फ्रान्सको आतंकवादविरोधी प्रहरी इकाइलाई घटनाको थप अनुसन्धानको जिम्मा दिइएको छ। तर घटनालाई आतंकवादी गतिविधिका रूपमा अनुसन्धान गर्ने वा नगर्नेबारे अन्तिम निर्णय भइसकेको थिएन। न्यायमन्त्री जेराल्ड दार्मानिनले यसबारे अभियोजनकर्ताले निर्णय गर्ने बताएका थिए।

शनिबार फ्रान्सभर बढ्दो महँगी र विद्यालयको अवस्थाप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन भएका थिए। लिमोजमा भएको प्रदर्शनमा करिब पाँच हजार मानिस सहभागी भएका थिए। अधिकारीका अनुसार उनीहरूमध्ये ७०० जनालाई ‘कट्टरपन्थी र अत्यन्त हिंसात्मक’ समूहका रूपमा वर्णन गरिएको थियो। प्रदर्शनका क्रममा नगरभवनमा क्षति पुग्नुका साथै अन्य स्थानमा पनि तोडफोड र लुटपाट भएका थिए।

लिमोजका मेयर गियोम गेरिनले घटनाका बेला प्रहरीले पर्याप्त स्रोतसाधन परिचालन नगरेको भन्दै आलोचना गरेका छन्। उनले नगरभवन पुनर्निर्माणका लागि सरकारले ठुलो रकम उपलब्ध गराउनुपर्ने माग गरेका छन्। प्रधानमन्त्री सेबास्टियन लेकोर्नु शुक्रबार लिमोज भ्रमणमा जाने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ।

नगरभवनमा भएको क्षतिको विरोध र हिंसाको निन्दा गर्न आइतबार साँझ लिमोजमा अर्को प्रदर्शन भएको थियो। त्यसमा करिब सात हजार मानिस सहभागी भएका थिए। हिंसात्मक घटनापछि फ्रान्समा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।