ब्रेकिङ न्युज
विज्ञापन
समाज

विजया दशमीको दिन देशभरको मौसम सफा रहने

बडादशैंको दिन बुधबार देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि, हिमाली तथा पहाडी भू–भागका केही स्थानमा आंशिक बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भू–भागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।

बुधबार राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा भने बिहानको समयमा हुस्सु र कुहिरो लाग्न सक्ने सम्भावना छ।

विज्ञापन

यसैगरी, दशैंको भोलिपल्ट बिहीबार दिउँसो पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।