चाडपर्वको मौका छोपी काठमाडौं भित्र्याउन लागिएको ठूलो परिमाणको लागूऔषध ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ परेका छन्।
काठमाडौंको दक्षिणकाली नगरपालिका–५, फर्पिङस्थित बसपार्कमा प्रहरीले ७२ हजार ८० क्याप्सुल ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार आज बिहान करिब ४:३० बजे इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद गरेको हो। वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.२० च. ७५८८ नम्बरको कारको पछाडिको डिक्कीमा लुकाइछिपाइ ल्याइएको अवस्थामा ट्रामाडोल क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३, कोयरियाका २७ वर्षीय सुदिप पटेल र पर्साको वीरगन्ज महानगरपालिका–१७, अलौका २७ वर्षीय सुनिल सहनी रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।