सशस्त्र प्रहरी बल (एपीएफ)ले दसैँको अवसरमा काठमाडौं उपत्यकाभित्र २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ।
दसैँको बेला सार्वजनिक यातायातहरू कम चल्ने हुँदा सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि एपीएफले निःशुल्क बस सेवा सञ्चालन गरेको हो।
निःशुल्क बस सेवा आजबाट बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म लगातार ३ दिन सञ्चालन हुने व्यवस्था मिलाइएको एपीएफका प्रवक्ता नेत्र बहादुर कार्कीले जानकारी दिए।
विज्ञापन

निःशुल्क बस सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट निस्केर बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै चल्नेछ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।