ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

डिगो एपमा हेर्नुस् ‘लालीबजार’

गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्म डिगो एपमा उपलब्ध भएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्त्व प्रस्तुत गरिएको चलचित्र अब विश्वभरका नेपाली दर्शकले एकसाथ हेर्न पाउने भएका छन्।

षट्कोण आर्ट्सको निर्माण रहेको चलचित्रलाई डिगो एपमार्फत विश्वभर प्रदर्शनमा ल्याइएको हो। नेपालबाहिर नेपालीको बसोबास रहेका सबै देशमा चलचित्र प्रदर्शन गर्न सम्भव नभएकाले विश्वभर रहेका नेपाली दर्शकमाझ पुर्‍याउन ओटीटी माध्यम रोजिएको निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले बताए।

चलचित्र ‘लालीबजार’मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टललगायत कलाकारको अभिनय छ।

विज्ञापन

चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने निर्माणको जिम्मेवारी रवीन्द्रसिंह बानियाँले सम्हालेका छन्।

डिगो एपमा उपलब्ध भएसँगै नेपालमा प्रदर्शन भइसकेको चलचित्र अब विदेशमा रहेका नेपाली दर्शकले पनि डिजिटल माध्यमबाट हेर्न सक्नेछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।