ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस सभापतिमा किशोरसिंह राठौरको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टीको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै राठौरले नेपाली कांग्रेसलाई नयाँ पुस्तासहित सबैको कांग्रेस बनाउने उद्देश्यले सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए।

उनले कांग्रेसमा विगतमा योगदान दिएका नेताहरूका सन्तान मात्र कांग्रेस हुने अवस्था नरहेको भन्दै नयाँ पुस्तालाई पनि पार्टीमा नेतृत्व र योगदान गर्ने अवसर दिनुपर्ने बताए।

‘बीपी कोइरालाको छोरा मात्रै कांग्रेस होइनन्, गणेशमान सिंहको छोरा मात्रै कांग्रेस होइनन्, नारायणनिधिको छोरा मात्रै कांग्रेस होइनन्, नोना कोइरालाको छोरा मात्रै कांग्रेस होइनन्,’ उनले भने, ‘पुरानो पुस्ताले पार्टीमा लगानी र योगदान गर्नुभएको छ। अब सबैलाई मिलाएर नयाँ पुस्ता नेतृत्वमा आउन सक्ने वातावरण बनाउनुपर्छ।’

विज्ञापन

राठौरले कांग्रेसलाई हरेक नेता तथा कार्यकर्ताले ‘यो मेरो कांग्रेस हो, मेरो पार्टी हो, हाम्रो पार्टी हो’ भनेर अपनत्व महसुस गर्ने पार्टी बनाउनुपर्ने बताए। त्यसका लागि कांग्रेसलाई निरन्तर सबैको कांग्रेस बनाउने अभियानमा आफू लागेको उनको भनाइ थियो।

उनले कांग्रेसको १५औँ महाधिवेशनलाई नेता तथा कार्यकर्ताका लागि उत्सव र पर्वका रूपमा मनाउनुपर्ने बताए। कांग्रेसको लामो इतिहास र योगदानलाई स्मरण गर्दै उनले पार्टीले देशमा जनताको अधिकार स्थापित गर्न, विकास अघि बढाउन र शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

राठौरले बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेललगायत नेताहरूले कांग्रेसको नेतृत्व गरेको स्मरण गरे।

‘नेपाली कांग्रेसको ८० वर्ष लामो स्वर्ण इतिहास छ। यो पार्टीले देशका जनतालाई अधिकार दिएको छ, विकास गरेको छ र शान्ति ल्याएको छ,’ उनले भने, ‘अबको दिनमा देशका जनताको चाहनाअनुरूप नेपाली कांग्रेस चल्नुपर्छ।’

सभापतिमा निर्वाचित भएपछि आफूले सबै पक्षलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाउने उनले बताए। उनले आफ्नो उम्मेदवारी कुनै एक समूह वा पुस्ताका लागि नभई सबै पुस्ता र सबै पक्षको कांग्रेस निर्माणका लागि भएको बताए।

‘युवादेखि बीपी कोइराला, गणेशमान सिंह, नारायणनिधिका विचार र योगदानलाई समेट्दै शेरबहादुर देउवाको कांग्रेससहित सबैलाई समेटेर सबैको कांग्रेस बनाउनेछु,’ राठौरले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।