ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

संसदीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालले तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय संघ (आइपीयू) को १५३औँ महासभाका अवसरमा बेलायती समकक्षीसँग भेटवार्ता गरेका छन्।

भेटमा सभामुख अर्यालले नेपाल र संयुक्त अधिराज्यबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक, मैत्रीपूर्ण तथा घनिष्ठ सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। सभामुख अर्यालले नेपालको सामाजिक–आर्थिक विकासमा संयुक्त अधिराज्यले गर्दै आएको दीर्घकालीन सहयोगको प्रशंसा गर्दै हालै नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति बेलायतले देखाएको ऐक्यबद्धता तथा आपत्कालीन सहयोगका लागि धन्यवाद दिए।

उनले नेपाल–बेलायत संसदीय मैत्री समूह गठन भएको जानकारी गराउँदै दुई देशका सांसदबीच ज्ञान, अनुभव तथा सूचनाको आदानप्रदान, संसदीय संवाद र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने बताए।

विज्ञापन

भेटमा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असमान प्रभाव तथा पर्वतीय मुद्दाका विषयमा समेत छलफल भएको थियो। सभामुख अर्यालले जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।

सभामुख अर्यालले बेलायतमा रहेका नेपाली समुदाय तथा ब्रिटिस गोर्खा सैनिक, भूतपूर्व गोर्खा सैनिक र उनीहरूका परिवारलाई नेपाल–बेलायत सम्बन्धका महत्वपूर्ण सेतुका रूपमा उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उनीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।

सो अवसरमा सभामुख अर्यालले बेलायती समकक्षीलाई नेपाल भ्रमणको निमन्त्रणा पुनः स्मरण गराउँदै निकट भविष्यमा नेपालमा स्वागत गर्न आफू इच्छुक रहेको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।