ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस १५औँ महाधिवेशन : उदयपुरबाट केन्द्रीय सदस्यका ८ उम्मेदवार

नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा उदयपुरबाट केन्द्रीय सदस्यमा ८ जनाको उम्मेदवारी परेको छ। उदयपुरबाट भूगोल, खुला युवा, महिला, आदिवासी जनजाति, मुस्लिम, थारु, सीमान्तकृत र पेशागत विषय विज्ञ क्लस्टरतर्फ उम्मेदवारी परेको हो।

केन्द्रीय सदस्य उम्मेदवारी दिनेहरूमा पार्टी पूर्वकेन्द्रीय सदस्यदेखि ३५ वर्षमुनिको युवा समूहसम्म रहेका छन्। यसअघि दुई पटक केन्द्रीय सदस्य भइसकेकी संविधानसभा सदस्यसमेत रहेकी प्रमिला राईले आदिवासी जनजाति क्लस्टरमा केन्द्रीय सदस्यको दाबी गरेकी छिन्। ००७ सालको क्रान्ति योद्धासमेत रहेका कांग्रेसका पुराना नेता बलबहादुर राईकी पुत्री प्रमिलाले पार्टीको लिगेसी थाम्न उम्मेदवारी दिएको बताएकी छिन्।

त्यसैगरी ३५ वर्षमुनि युवा क्लस्टरबाट विश्वराज तामाङको उम्मेदवारी परेको छ। पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका तामाङसँगै ३५ वर्षमुनि उमेर समूहबाट महिला भूगोलतर्फ मिरा कटुवालले केन्द्रीय सदस्य दाबी गरेकी छिन्। मुस्लिम क्लस्टरबाट नजबुल खान (निलम)को उम्मेदवारी पर्दा सीमान्तकृततर्फ सञ्जाकुमारी दनुवारले केन्द्रीय सदस्य दाबी गरेकी छिन्।

विज्ञापन

त्यसैगरी खुला महिलातर्फ सरस्वती ढुंगाना, पेशागत विषय विज्ञ क्लस्टरबाट हरिबहादुर कार्की, थारु क्लस्टरबाट डा. भोगेन्द्रप्रसाद चौधरीको उम्मेदवारी परेको छ। मंगलबार दर्ता भएको उम्मेदवारीमाथि बिहीबार बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म मतदानको कार्यतालिका तोकिएको छ।

पदाधिकारीलगायत केन्द्रीय सदस्यहरूका लागि देशभरबाट छनोट भएर गएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्न पाउने कांग्रेसको वैधानिक व्यवस्था छ। उदयपुरबाट ८६ जना महाधिवेशन प्रतिनिधि छन् भने देशभर ७ हजार २ सय २४ जना मतदाता रहेको पार्टी उदयपुर निर्वाचन क्षेत्र नं. १ (ख)का सभापति सरोज बस्नेतले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।