ब्रेकिङ न्युज
विज्ञापन
अपराध

विराटनगरबाट किन पक्राउ परे दुई भारतीय ?

विराटनगरबाट गाँजासहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले २४ किलो ४ सय ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

भारत बिहारको अररिया जिल्ला फुलकाहा-१ का २० वर्षीय प्रवेशकुमार साह र २० वर्षीय सुरेशकुमार साहलाई गाँजासहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। उनका अनुसार विराटनगर-१८ रेल्वे क्षेत्रबाट बुधबार बिहान करिब साढे ११ बजेतिर उनीहरूलाई पक्राउ गरिएको हो।

भारततर्फ जाँदै गरेको बीआर ३८ एई ०४९७ नम्बरको मोटरसाइकललाई शंका लागेर अस्थायी प्रहरी पोस्ट भेडियारीको टोलीले रोकेको थियो। चेक गर्दा दुई वटा ठुला कालो प्लास्टिकका पोकाभित्र गाँजा फेला परेको डिएसपी मिश्रले बताए।

विज्ञापन

गाँजा र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।