अपराध

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना समातिए

प्रहरीले देशका ९ जिल्लाबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।

शनिबार दिउँसोदेखि रातिसम्म ललितपुर, तनहुँ, सुनसरी, पर्सा, कैलाली, सिराहा, मोरङ, सुर्खेत र झापाका विभिन्न स्थानमा गरिएको जाँच तथा खानतलासीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सिराहा नगरपालिका-१ बाट करिब ७२ किलोग्राम गाँजाजस्तो देखिने पदार्थसहित सोही नगरपालिका-१२ सारश्वर टोल बस्ने ३३ वर्षीय अनिलकुमार महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको टोलीले ज.१ त ८३११ नम्बरको ट्याक्टर जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक महतोलाई नियन्त्रणमा लिएको हो।

सिराहाकै मिर्चैया नगरपालिका-६ बाट ३१ ग्राम ४ सय ३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित धनगढीमाई नगरपालिका-५ जेयपुर बस्ने २८ वर्षीय रञ्जितकुमार सिंह दनुवारसमेत २ जना शनिबार साँझ पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको म.प्र.०१-००५ प ९१२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

यस्तै, गोलबजार नगरपालिका-६ गुम्बा चोकबाट ७ सय ४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही नगरपालिका-२ का ३० वर्षीय योगेशकुमार सिंहलाई इलाका प्रहरी कार्यालय गोलबजारसमेतको टोलीले शनिबार राति पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका-१६ पाटन सुन्धाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेटसहित मकवानपुर घर भई ललितपुर-२५ भैंसेपाटी बस्ने ४२ वर्षीय श्याम लामासमेत २ जनालाई शनिबार दिउँसो प्रहरी प्रभाग मंगलबजारको टोलीले पक्राउ गरेको छ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट करिब ९ ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ र ५ सय ६० ट्याब्लेट ट्रामाडोलसहित २ जना शनिबार राति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा म्याग्दीको रघुगंगा गाउँपालिका-४ का २७ वर्षीय सागर पुन मगर र धौलागीरी नगरपालिका-६ का २३ वर्षीय आयुष छन्तेल छन्। अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपको टोलीले बा.प्र.०३-००१ ज ११२६ नम्बरको माइक्रोमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

तनहुँकै व्यास नगरपालिका-३ बीसघरेबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुलसहित सोही ठाउँ डेरा गरी बस्ने ४० वर्षीय रवीन्द्र सुनारसमेत ३ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले शनिबार राति पक्राउ गरेको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका-३ मेहता टोल बस्ने २२ वर्षीय सन्तोषकुमार रामसमेत ३ जना करिब ३ किलो ८० ग्राम गाँजासहित शनिबार दिउँसो पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय देवानगञ्जको टोलीले सन्तोषको घर तलासी गर्दा उक्त गाँजा फेला परेको हो।

यस्तै, सुनसरीको रामधुनी नगरपालिका-५ शिवचोकबाट १ ग्राम २ सय ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही नगरपालिका-१ का २५ वर्षीय विवेक चौधरी शनिबार साँझ पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय रामधुनीसमेतको टोलीले प्र.१-०२-०५१ प ९०१८ नम्बरको मोटरसाइकलमा सवार उनलाई पक्रेको हो। धरान उपमहानगरपालिका-८ वीरेन्द्र चोकबाट ३ सय ६४ ट्याब्लेट ट्रामाडोल र ३ सय ६४ ट्याब्लेट स्पास्पेनसहित सोही ठाउँ डेरा गरी बस्ने ३२ वर्षीय सुशील परियारलाई इलाका प्रहरी कार्यालय धरानले शनिबार राति नियन्त्रणमा लिएको छ।

पर्साको वीरगञ्ज महानगरपालिका-२५ सिर्सियाबाट ३ सय मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित सोही महानगरपालिका-१ का २६ वर्षीय सुरजकुमार सिंहसमेत २ जना शनिबार राति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय छप्कैयाको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०३-०३० प ६०९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

कैलालीको गोदावरी नगरपालिका-६ लालपुर बस्ने २७ वर्षीय प्रकाश चोखालसमेत २ जना ३ ग्राम ३ सय ४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित शनिबार साँझ पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीसमेतको टोलीले प्रकाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको हो।

मोरङको पथरी शनिश्चरे नगरपालिका-४ बस्ने २४ वर्षीय फुरसाङ भन्ने कैलाश तामाङसमेत २ जना ४ ग्राम ९ सय ४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित शनिबार दिउँसो पक्राउ परेका छन्। प्रहरी चौकी कुशेचौरीबाट खटिएको टोलीले कैलाशको घर तलासी गर्दा लागूऔषध बरामद गरेको हो।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट ९ ग्राम २ सय ३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१६ का ३० वर्षीय इर्फान जोलाहा र २३ वर्षीय साहित जोलाहा शनिबार दिउँसो पक्राउ परेका छन्। प्रहरी चौकी सुब्बाकुनासमेतको टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ ज १५५४ नम्बरको गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट १ ग्राम ९ सय मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का ३० वर्षीय देवबहादुर पुलामी मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टासमेतको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।