ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाउनेहरू आफूलाई गणतन्त्रका पहरेदार देखाउँदै छन् : राजीव खत्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाउने र संसद् विघटन गरेर संविधानको हुर्मत लिनेहरू नै आफूलाई गणतन्त्रको पहरेदारका रूपमा प्रस्तुत गरिरहेको टिप्पणी गरेका छन्।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहले सम्पूर्ण अधिकार आफैँमा केन्द्रित गरेको भन्दै २४० वर्षको राजतन्त्र अन्त्य गरिएको प्रसंग उल्लेख गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रजातन्त्र राजालाई बुझाएको इतिहास रहेको बताएका छन्।

‘राजा ज्ञानेन्द्र शाहले सम्पूर्ण अधिकार आफूमा राखेको भन्दै २ सय ४० वर्षको राजतन्त्र समाप्त गरियो। तर इतिहास साक्षी छ तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले प्रजातन्त्र राजालाई बुझाएको थिए,’ सामाजिक सञ्जालमा लेखेका छन्।

विज्ञापन

खत्रीले अहिले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाउने र दुई–दुई पटक संसद् विघटन गरेर संविधानको हुर्मत लिनेहरू आफूलाई गणतन्त्रको पहरेदार देखाउन खोजिरहेको भनाइ राखे।

उनले भने, ‘अहिले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाउने र दुई-दुई पटक संसद् विगठन गरेर संविधानको हुर्मत लिनेहरू आफूलाई गणतन्त्रको पहरेदार देखाउँदै छन्।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।