ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेसले आज चार समूहका पदको मतगणना गर्ने

नेपाली कांग्रेसले आज (मंगलबार) चार समूहका पदको मतगणना गर्ने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि दलित, खसआर्य र पेशागत विषयगत क्षेत्रका पदको मतगणना सुरु हुनेछ। त्यस्तै, मधेशी समूहका पदको मतगणना दिउँसो १२ बजेदेखि सुरु हुनेछ।

मतगणना ललितपुरको बीपी नगरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा हुनेछ।

विज्ञापन

दलित समूहअन्तर्गत सहमहामन्त्री, केन्द्रीय सदस्य (खुला, मधेशी र महिला), खसआर्य समूहअन्तर्गत सहमहामन्त्री र केन्द्रीय सदस्य (खुला र महिला) तथा पेशागत विषयगत क्षेत्रअन्तर्गत केन्द्रीय सदस्य (खुला र महिला) पदको मतगणना बिहान १० बजे सुरु हुनेछ।

त्यस्तै, मधेशी समूहअन्तर्गत सहमहामन्त्री र केन्द्रीय सदस्य (खुला र महिला) पदको मतगणना दिउँसो १२ बजे सुरु हुनेछ।

समितिले केन्द्रीय सदस्यका उम्मेदवारका लागि उम्मेदवार स्वयं उपस्थित हुनुपर्ने र प्रतिनिधिको व्यवस्था नरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।