ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस महिला केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित वासनाको अग्रता, विनिता सातौं स्थानमा

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) तर्फको जारी मतगणनामा वासना थापाले सर्वाधिक मतसहित अग्रता लिएकी छन्।

१५ पदका लागि भइरहेको निर्वाचनमा उनले तीन हजार ४८४ मत अर्थात् ७४.५ प्रतिशत मत पाएकी छन्।

पछिल्लो समय चर्चामा रहेकी विनिता खड्का पनि अग्रता लिने १५ उम्मेदवारमध्ये छिन्। उनी एक हजार ८९२ मत प्राप्त गर्दै सातौं स्थानमा रहेकी छन्। खड्का इजरायलमा रोजगारी दिलाइदिने भन्दै भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेकी थिइन्।

विज्ञापन

मतगणनाको पछिल्लो परिणामअनुसार उम्मेदवारले प्राप्त गरेको मत र क्रम यसप्रकार छ।

१. वासना थापा – तीन हजार ४८४ मत (७४.५ प्रतिशत)
२. उर्मिला थपलिया – दुई हजार ६४७ मत (५६.६ प्रतिशत)
३. निमा गिरी – दुई हजार ६२० मत (५६ प्रतिशत)
४. कुसुमदेवी थापा – दुई हजार १२९ मत (४५.५ प्रतिशत)
५. धना कुमारी खतिवडा – दुई हजार १२५ मत (४५.४ प्रतिशत)
६. अनिता देवकोटा – एक हजार ९३० मत (४१.३ प्रतिशत)
७. विनिता खड्का – एक हजार ८९२ मत (४०.५ प्रतिशत)
८. लक्ष्मी पाण्डे – एक हजार ७७२ मत (३७.९ प्रतिशत)
९. सृजना अधिकारी – एक हजार ७६२ मत (३७.७ प्रतिशत)
१०. मुना भुसाल – एक हजार ६३२ मत (३४.९ प्रतिशत)
११. चिनी पोखरेल (चिनु) – एक हजार ५६४ मत (३३.४ प्रतिशत)
१२. रिता थापा मगर – एक हजार ५१० मत (३२.३ प्रतिशत)
१३. कल्पना तिवारी – एक हजार ५०९ मत (३२.३ प्रतिशत)
१४. गंगा दाहाल – एक हजार ४९२ मत (३१.९ प्रतिशत)
१५. कान्तिका सेजुवाल – एक हजार ४८१ मत (३१.७ प्रतिशत)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।