ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

राजदूत सिफारिसमा विष्णुको प्रश्न : कुन योग्यता छनोटका आधारमा चार हजारमध्येबाट छानियो ?

नेकपा एमालेका नेता विष्णु रिजालले सरकारले राजदूतमा सिफारिस गरेका व्यक्तिको योग्यतामाथि प्रश्न उठाएका छन्। संसदीय सुनुवाइ समितिले दुई जना सिफारिस अस्वीकृत गरेको विषयलाई उनले सकारात्मक भन्दै छनोट प्रक्रियामाथि प्रश्न उठाएका हुन्।

सामाजिक सञ्जालमार्फत रिजालले ‘खुला आवेदन आह्वान गरेको’ र ‘पहिलो पटक योग्यलाई बनाउन लागेको’ जस्ता प्रचारबाजी गरिए पनि सिफारिस गरिएका व्यक्तिलाई सत्तारूढ दलकै सांसदले संसदीय सुनुवाइ समितिमा स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन्।

”खुल्ला आवेदन आह्वान गरेको’, ‘पहिलो पटक योग्यलाई बनाउन लागेको’ जस्ता सस्ता प्रचारबाजी गराउँदै सरकारले कस्ता व्यक्तिलाई राजदूतमा सिफारिश गरेको रहेछ? जसलाई स्वयम् सत्तारूढ पार्टीकै सांसदहरूले संसदीय सुनुवाइ समितिमा स्वीकार गर्न सकेनन्। दुई जना अस्वीकृत भएका छन् अर्का एकजना अस्वीकार गर्नैपर्नेलाई संसद्का मुख्य पदाधिकारीको दवावमा ‘होल्ड’मा राखिएको छ,’ उनले भनेका छन्।

विज्ञापन

उनले दुई जना अस्वीकृत भएको र अर्का एक जनाको नाम अस्वीकार गर्नुपर्ने अवस्था हुँदाहुँदै संसद्का मुख्य पदाधिकारीको दबाबमा रोकिएको भनाइ राखेका छन्।

रिजालले यसअघि सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेर औचित्य पुष्टि गरेको संसदीय समितिले यस पटक पनि दुई जना सिफारिस अस्वीकृत गरेर राम्रो काम गरेको बताए।

उनले परराष्ट्र मन्त्रालयले चार हजार आवेदकमध्येबाट कुन योग्यता र छनोटका आधारमा ती व्यक्तिलाई छानेर मन्त्रिपरिषद्मा प्रस्ताव गरेको हो भन्ने प्रश्नसमेत उठाएका छन्। त्यस्तै, मन्त्रिपरिषद्ले कुन बायोडाटा हेरेर निर्णय गरेको हो भन्ने विषयमा पनि उनले प्रश्न गरेका छन्।

‘यसअघि एकपटक सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेर औचित्य देखाएको संसदीय समितिले यसपटक दुई जना बद्नाम, अयोग्य र अनैतिक व्यक्तिलाई अस्वीकृत गरेर राम्रो काम गरेको छ। साथै प्रश्न उठ्छ– त्यस्ता व्यक्तिहरूलाई कुन योग्यता छनोटका आधारमा परराष्ट्र मन्त्रालयलयले ४ हजारमध्येबाट छानेर मन्त्रिपरिषद्मा प्रस्ताव गरेको रहेछ? अनि मन्त्रिपरिषद्ले कुन ‘बायोडाडा’ हेरेर निर्णय गरेको रहेछ?’ उनले प्रश्न गरे।

उनी थप लेख्छन्, ‘देशभित्र त खरानीको थुप्रो लगाएकै थिए, साथीहरूले विदेशमा पनि देशको छविलाई खरानी नै बनाउने भए।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।