ब्रेकिङ न्युज
विज्ञापन
प्रवास

भोटेकोशी बाढीपीडितलाई चर्चित सेफ टंक सापकोटाले पठाए ५१ लाख रुपैयाँ

पोर्चुगलमा चर्चित नेपाली सेफ टंक सापकोटाले रसुवाको भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५१ लाख रुपैयाँ भन्दा बढी सहयोग गरेका छन्।

सापकोटाले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ हजार युरो अर्थात् ५१ लाख ११ हजार एक सय ५१ रुपैयाँ सहयोग गरेका हुन्। सापकोटाले सो बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए। सापकोटाको सहयोगको प्रशंसा गर्दै राजदूत पौडेलले प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि उनले गरेको सहयोग प्रशंसनीय र प्रेरणादायी रहेको बताए।

सङ्कटको समयमा मातृभूमि र विपद्पीडित नागरिकप्रति सापकोटाले देखाउनुभएको परोपकारी भावना र मानवीय सहयोगले सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ,” राजदूत पौडेलले भने।

विज्ञापन

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा थोरै भए पनि सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो परिवारको तर्फबाट उक्त रकम प्रदान गरिएको सापकोटाले बताए।

“प्राकृतिक विपत्तिमा परेका मातृभूमिका नागरिकको पीडा र दुःखमा थोरै भए पनि राहत पुर्‍याउनुलाई मैले आफ्नो मानवीय तथा सामाजिक उत्तरदायित्वका रूपमा लिएको छु।, हामी संसार बदल्न सक्दैनौँ, तर संसार बदल्न सहयोग गर्न सक्छौँ।, विपद्को यो कठिन घडीमा पीडित नागरिकको दुःखमा थोरै भए पनि साथ दिन सक्नु नै हाम्रो लागि ठूलो कुरा हो,” सापकोटाले भने। प्राकृतिक विपद्ले जलवायु परिवर्तन तथा बढ्दो तापक्रमको गम्भीर असरलाई उजागर गरेको उल्लेख गर्दै सापकोटाले यसको असरबाट निर्दोष नागरिक र समुदाय नै सबैभन्दा बढी प्रभावित भएको भन्दै चिन्ता समेत व्यक्त गरे।

विगत ३० वर्षदेखि सपरिवार पोर्चुगलमा बस्दै आएका बागलुङका सापकोटाले राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। -भरत प्रधान, रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रवास बाट थप

थप — प्रवास

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।