नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते भएका छन्।
आज बिहान करिब ७:३० बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो। बसमा करिब ४०–४५ जना सवार रहेकोमा घाइते भएका ७ जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ।
बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय ट्रक नम्बर एचआर ३९ जी २८७८ मा समेत सामान्य ठक्कर लाग्दा ट्रकको पछाडिको भागमा क्षति पुगेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनापछि पनि पूर्व-पश्चिम राजमार्गमा यातायात पूर्ण रूपमा सञ्चालनमा रहेको छ।
घाइतेहरूको विवरणः
१) जिल्ला दार्चुला, मालिकार्जुन गाउँपालिका-२ बस्ने ५२ वर्षीय पुष्कर सिंह धामी -अवस्था सामान्य।
२) जिल्ला अछाम, साँफेबगर नगरपालिका-५ बस्ने २६ वर्षीया मौसमी ओढ -अवस्था मध्यम।
३) जिल्ला दार्चुला, मार्मा गाउँपालिका-३ बस्ने ३० वर्षीय भगवती अवस्थी -अवस्था सामान्य।
४) जिल्ला कैलाली, लम्कीचुहा नगरपालिका-८ बस्ने २९ वर्षीया निर्मला खड्का -अवस्था सामान्य।
५) जिल्ला दार्चुला, मार्मा गाउँपालिका-३ बस्ने ४८ वर्षीय धनञ्जय जोशी -अवस्था सामान्य।
६) जिल्ला कैलाली, गौरीगंगा नगरपालिका-१० बस्ने ३९ वर्षीय बसचालक इन्द्र वि.क. -अवस्था सामान्य।
७) जिल्ला कैलाली, गोदावरी नगरपालिका-१ बस्ने ४६ वर्षीय सहचालक मोहन जोशी -अवस्था सामान्य।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।