ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

पितृहरू र हामी

पितृहरूकै अंश हौं हामी,

पितृहरूकै वंश हौं हामी,

हामीमा छाया‍छवि उहाँहरूकै त छ!

विज्ञापन

बगिरैछ रगत यी नसानसामा,

उहाँहरूकै पूरा देन त हो सिङ्गो यो जीवन!

रूपरङ, आनीबानी, शीलस्वभाव प्राय: सबै,

उहाँहरूकै जस्तै नै त छ!

कहाँ उहाँहरू हामीबाट पृथक् हुनुहुन्छ र,

हामी नै त हौं उहाँहरूको विम्ब-प्रतिबिम्व!

चालढाल उहाँहरूकै,

बोल्ने शैली उहाँहरूकै,

देख्नेबित्तिकै मान्छेहरू टाढैबाट भन्छन् –

“सर्लक्कै हामी उहाँहरू जस्तै नै छौं !”

होइन र….?

जबजब हामी बोल्न थाल्छौं,

उहाँहरूकै शब्दहरू उच्चारित हुन पुग्छन्!

जीवनमा मिल्यो जो सफलता हामीलाई,

लाग्छ, त्यो सबै पितृहरूको शुभआशीष न हो!

बालबालिकामा जुन जे छाया‍छवि देखिन्छ,

सम्भवतः सबै त्यो हजुरबा-हजुरआमाहरूकै नै त हुन्छ….

हजुरबाले झैँ कहिलेकाहीँ बच्चाहरू गाली पनि गर्छन्,

अनि फेरि कहिलेकाहीँ हजुरआमाले झैँ

उनीहरू चेपारो’नि घस्छन्!

तब लौ भनौं कसरी कहाँ हामीबाट पितृहरू टाढा छन्?

अतः उहाँहरू सर्वत्र हामीमै समाहित भइरहेको हुनुहुन्छ,

जलमा पनि थलमा पनि…

सा‍ँच्चै भनौं त गर्भदेखि चिहानसम्मै!

यी पण्डित-पुरेत बाजेहरूचाहिँ खै के भन्छन् के-

“पितृहरू हाम्रासामु श्राद्ध पक्षमा मात्रै आउ‍ँछन्,

हामीलाई आशीर्वाद प्रदान गर्न,

तृप्त गराउनू उहाँहरूलाई !”

लौ अब नढाँटी भन्नुस् –

कहाँ कहिले टाढिन्छन् र पितृहरू हामीबाट?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।