ब्रेकिङ न्युज
विज्ञापन
समाज

दूध धेरै बेच्ने १५ किसान पुरस्कृत

स्थानीय बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ किसान पुरस्कृत भएका छन्। याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दूध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको सहकारीका अध्यक्ष काशीनाथ भट्टराईले बताए।

सहकारीमार्फत गत आर्थिक वर्षमा सबैभन्दा बढी दूध बेच्ने

नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल प्रथम भएका छन्। उनले ८९ हजार एक सय २८ लिटर दूध बेचेका छन्।

विज्ञापन

त्यसैगरी ५१ हजार आठ सय १२ लिटर दूध बेच्ने व्यावसायिक किसान काशीनाथ भट्टराई दोस्रो तथा ४४ हजार चार सय ४४ लिटर दूध बेच्ने सुरज घिमिरे तेस्रो भएका छन्।

त्यस्तै छविलाल घिमिरे चौथो, कमला पन्थ पाँचौँ, हरिप्रसाद भट्टराई छैटौँ र ओमप्रसाद लामिछाने सातौँ स्थान प्राप्त गरी पुरस्कृत भएका छन्। त्यस्तै इन्दिरा भट्टराई आठौँ, ऋषिराम भट्टराई नवौँ र रामनाथ भट्टराईले दसौं स्थान प्राप्त गरेका छन्।

यसैगरी मुना न्यौपाने एघारौँ, सानुमाया सुनार बाह्रौँ, टकराज लामिछाने तेह्राैं, इन्दिरा घिमिरे चौधौँ तथा १८ हजार एक सय ८४ लिटर दूध उत्पादन गर्ने ओमप्रकाश गुरुङले पन्ध्राै स्थान प्राप्त गरी पुरस्कृत भएका छन्।

उनीलाई रु तीन हजारदेखि ११ हजारसम्म नगद पुरस्कार प्रदान गरिएको सहकारीका अध्यक्ष भट्टराईले बताए। सहकारीले गत आर्थिक वर्षमा १४ लाख लिटरभन्दा बढी दूध बिक्री गरी रु १७ करोड बढीको कारोबार गरेको थियो।

पशुपालनको क्षेत्रमा महत्वपूर्ण केन्द्रका रूपमा परिचित याम्पाफाँटका किसान लामो समयदेखि व्यावसायिक पशुपालनमा सक्रिय छन्। दुग्ध उत्पादनलाई आम्दानीको प्रमुख माध्यम बनाउँदै आएका यहाँका किसानले स्थानीय अर्थतन्त्र र कृषि उद्यमको विकासमा योगदान पु¥याउँदै आएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।