ब्रेकिङ न्युज
विज्ञापन
समाज

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ।

त्रियुगा नगपालिका-१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याइए पनि त्यसअघि नै उनको निधन भएको अस्पतालले घोषणा गरेको थियो।

विज्ञापन

प्रहरीका अनुसार, चौधरीको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने काम भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।