ब्रेकिङ न्युज
विज्ञापन
समाज

तीन जिल्लाका ५७ परिवारले पाए लालपुर्जा

चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) पाएका छन्।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार चितवन, झापा र रुपन्देहीका विभिन्न स्थानीय तहका परिवारलाई लालपुर्जा वितरण गरिएको हो।

चितवनको इच्छाकामना गाउँपालिका-७ का ३२ भूमिहीन सुकुम्बासी र एक भूमिहीन दलित परिवारले लालपुर्जा पाएका छन्। त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका-११ का सात अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ।

विज्ञापन

यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका-८ र ९ का १४ भूमिहीन दलित तथा दुई भूमिहीन सुकुम्बासी परिवारले लालपुर्जा प्राप्त गरेका छन्।

तीन जिल्लामा वितरण गरिएको लालपुर्जाबाट भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी गरी ५७ परिवार लाभान्वित भएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।