ब्रेकिङ न्युज
विज्ञापन
समाज

जाजरकोटमा बलेरो जिप दुर्घटना : दुई जनाको मृ*त्यु, तीन घाइते

जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बिहीबार बिहान करिब २ बजे जुनिचाँदे गाउँपालिका–२ स्थित गैरीगुवा भित्री सडकखण्डमा सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको बलेरो जिप दुर्घटनामा परेको हो। अनियन्त्रित भएको जिप सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९, कल्ली स्यालाका करिब २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३, स्यालाकी करिब ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको छ।

विज्ञापन

दुर्घटनामा जुनिचाँदे गाउँपालिका–३, स्यालाका करिब ३० वर्षीय दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा शिशिर भण्डारी र करिब ५० वर्षीया सितला टमटा घाइते भएका छन्।

घाइते तीनै जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।