ब्रेकिङ न्युज
विज्ञापन
समाज

अष्टमीदेखि दसैँभरि मौसम राम्रो रहने अनुमान, पश्चिम नेपालमा हल्का वर्षाको सम्भावना

मौसमविद् विनोद पोखरेलले आगामी अष्टमीदेखि दसैँभरि समग्रमा मौसम राम्रो रहने अनुमान गरेका छन्। यद्यपि केही स्थानमा छोटो समयका लागि हल्का वर्षा हुन सक्ने सम्भावना भने कायमै रहेको उनले बताए।

पोखरेलका अनुसार आज अपराह्न र राति कमजोर पश्चिमी वायुको प्रभावले पश्चिम नेपालका केही स्थानमा हल्का वर्षा हुन सक्छ। यसको प्रभाव भोलिसम्म रहने देखिएको छ।

धेरै ठाउँमा बादल लाग्ने भए पनि पहाडी भेगका थोरै स्थानमा मात्रै वर्षा हुने सम्भावना रहेको उनले बताएका छन्।

विज्ञापन

‘अर्को हप्ता अष्टमीदेखि दसैँभरि समग्रमा राम्रो मौसम रहने देखिन्छ। यद्यपि दुई–चार ठाउँमा छोटो समयका लागि हल्का वर्षाको सम्भावना भने अझै बाँकी छ,’ पोखरेलले भनेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।