नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारका विषयमा संसदीय छानबिन हुनुपर्ने माग गरेकी छन्।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले उक्त माग गरेकी हन्। उनले सांसद सुनारको अडियो प्रकरणप्रति गम्भीर आपत्ति पनि जनाएकी छन्। यस विषयमा सम्बन्धित राजनीतिक दलले मात्र नभइ संसदबाटै पनि गम्भीरतापूर्वक छानबिन गरिनुपर्ने उनको भनाइ छ।
शक्ति प्रयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्न कसैलाई पनि छुट नहुने बताउँदै उनले सम्बन्धित व्यक्ति दोषी ठहरिएमा कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिनुपर्ने भनाइ राखिन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।