बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाका दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध भएको सडक अझै खुलेको छैन।
नेपाल प्रहरीले बुधबार बिहान दिएको जानकारीअनुसार आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल र आरुघाट गाउँपालिका-९ बाट धादिङ जोड्ने पक्की पुल बाढीले बगाएको हो।
आइतबार बिहान ५:३० बजे चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङबीचको सिरिङ्गे हिमालमा हिमपहिरो गएको थियो। त्यसपछि उइनगुलुङ खोला थुनिएर बुढीगण्डकी नदीमा बाढी आएको थियो। बाढीले दुवै पुल बगाएको प्रहरीले जनाएको छ।

पुल बगाएपछि उक्त क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।