नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको खुलातर्फको सहमहामन्त्री पदमा रामहरि खतिवडा जित नजिक पुगेका छन्।
खुलातर्फको मतगणनामा खतिवडाले सर्वाधिक २ हजार ५८३ मत प्राप्त गरेका छन्। पछिल्लो मतपरिणामअनुसार अजयबाबु शिवाकोटीले १ हजार ९२२, डिल्लीराम सुवेदीले १ हजार ६१९ मत प्राप्त गरेका छन् भने देवेन्द्रराज कँडेल १ हजार १९५ मत ल्याएका छन्।
त्यस्तै, विकास कोइरालाले १ हजार ८, राजीव ढुंगानाले१ हजार ७७, रमेशप्रसाद धमलाले ७०३ र अमृतकुमार अर्यालले ९१३ मत प्राप्त गरेका छन्। विमलराज क्षेत्रीले २५५ मत प्राप्त गरेका छन्।

हालसम्म सहमहामन्त्री खुल्लातर्फ ६ हजार १८८ मत गणना भइसकेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।