ब्रेकिङ न्युज
विज्ञापन
अर्थतन्त्र

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १३ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०२ रुपैयाँ २५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३४ पैसा तोकिएको छ।

विज्ञापन

जापानी येन १ को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५१ पैसा र बिक्रीदर ४० रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९१ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११ रुपैयाँ ४१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २२ पैसा र बिक्रीदर १५ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७६ पैसा र बिक्रीदर २२ रुपैयाँ ८५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ८१ पैसा बिक्रीदर ४०४ रुपैयाँ ३९ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ २२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ७७ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।