ब्रेकिङ न्युज
विज्ञापन
अर्थतन्त्र

विशेष मूल्य समायोजन कार्यविधि पूर्वाधार क्षेत्रका लागि ‘कोसेढुंगा’

सरकारले ‘विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि-२०८३’ स्वीकृत गर्नुलाई स्वागतयोग्य भन्दै नेपाल निर्माण व्यवसायी महासंघले कार्यविधिलाई मुलुकको पूर्वाधार क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि र ‘कोसेढुंगा’का रूपमा लिएको जनाएको छ।

महासंघले सोमबार विज्ञप्ति जारी गर्दै असोज २३ गते स्वीकृत भएको सो कार्यविधिमा आफ्नो धारणा राख्दै मुलुकको पूर्वाधार क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि र ‘कोसेढुंगा’का रूपमा व्याख्या गरेको छ। महासंघका महासचिव शिवहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री वालेन्द्र शाह र प्रधानमन्त्रीको सचिवालय, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल तथा सो मन्त्रालयको सचिवालयको मार्गनिर्देशनमा कार्यविधि स्वीकृत भएको उल्लेख गरिएको छ।

लामो समयदेखि विभिन्न कारणले समस्याग्रस्त बनेको पूर्वाधार क्षेत्रलाई गति दिन मूल्य समायोजनसम्बन्धी विषयलाई महासंघको नवनिर्वाचित कार्यसमितिले प्रमुख एजेन्डाका रूपमा उठाउँदै आएको जनाएको छ। महासंघकाअनुसार अध्यक्षको पहलमा सो कार्यविधि स्वीकृत भएको भन्दै सिंगो मन्त्रिपरिषद्प्रति समेत आभार व्यक्त गरिएको छ।

विज्ञापन

मूल्य समायोजनका लागि आवश्यक निर्देशन दिने प्रतिनिधिसभा अन्तर्गतका पूर्वाधार विकास तथा अर्थ समितिका सभापति तथा सांसदहरूलाई पनि महासंघले धन्यवाद दिएको छ। यसैगरी नेपाल सरकारका मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव तथा विभागका महानिर्देशकहरूले निरन्तर सहजीकरण गरेको भन्दै महासंघले सबैप्रति कृतज्ञता व्यक्त गरिएको जनाएको छ।

महासंघले मूल्य समायोजनको विषयलाई प्राथमिकताका साथ सार्वजनिक बहसमा ल्याउन भूमिका निर्वाह गरेका सञ्चारमाध्यमलाई पनि धन्यवाद दिएको छ। सार्वजनिक खरिद ऐनमै मूल्य समायोजनसम्बन्धी व्यवस्था रहे पनि अहिले कार्यविधिमार्फत त्यसलाई थप व्याख्या गरिनुलाई महासंघले वर्तमान सरकारको ‘ऐतिहासिक कदम’ भनेको छ। सो कार्यविधिले पूर्वाधार क्षेत्रको समग्र सुधार, निर्माण कार्यको निरन्तरता तथा विकास आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास महासंघको छ।

महासंघले केही महिना अघि आफ्नो सहकार्यमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन- २०८३ पूर्वाधारमैत्री हुने गरी पारित भएको पनि स्मरण गराएको छ। आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्दै मुलुकको पूर्वाधार क्षेत्रलाई थप व्यवस्थित, व्यावसायिक र मर्यादित बनाउन सक्रिय रहने प्रतिबद्धता महासंघले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।