ब्रेकिङ न्युज
विज्ञापन
अर्थतन्त्र

दोधारा–चादँनी झोलुंगे पुल बनाउन २० करोड लाग्ने

कञ्चनपुरको ऐतिहासिक दोधारा चादँनी झोलुंगे पुल पुनःनिर्माणका लागि रु २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको झोलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा समेत क्षति पुगेपछि पुलमा आवागमन बन्द छ।

काठमाडौंबाट सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा आएको प्राविधिक टोलीले पुलको क्षति अध्ययन गरेको छ।

विज्ञापन

उपमहानिर्देक अधिकारीले आफूहरुले पुलको क्षतिको अवस्था र पुनःनिर्माणमा लाग्ने खर्च विवरणसहितको प्रतिवेदन स्थानीय पूर्वाधार विकास विभागमा प्रतिवेदन पेस गरेको जानकारी दिए।

टोलीले रु सात करोड बराबरको क्षति भएको निष्कर्ष निकालेर प्रतिवेदन विभागमा पेस गरेको छ। उनले पुल पुनःनिर्माणका लागि रु २० करोड लाग्ने बताए।

‘सात करोड बराबरको क्षति भएको छ। पुनःनिर्माणमा बीस करोड लाग्ने लाग्ने भनेर प्रतिवेदन नै बनाएर पेस भइसक्यो’ उपमहानिर्देशक अधिकारीले भने, ‘योजनामा राखेर बजेट विनियोजन भए हामी काम गर्न तयार नै छौँ।’

उनले महाकालीमा पानीको बहाव कम भएपछि मात्रै पुनःनिर्माण थालनी गर्न सकिने बताए।

‘पानी सुकेपछि मात्रै सोयल टेष्ट हुने हो’, उनले भने, ‘त्यसका लागि हिउँदमा मात्रै काम थालनी हुनसक्छ।’

उनले बजेट व्यवस्थापन भए पुनःनिर्माण थालिएको एक वर्षमा पुल बनी सक्ने बताए।

अध्ययनका क्रममा पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको प्राविधिक टोलीको भनाइ छ।

झोलुंगे पुलभन्दा अढाइ किलोमिटर उत्तरतर्फ चार लेनको पक्की पुल निर्माण भएकाले दोधारा चादँनीको आवागमन पूर्ण रुपमा प्रभावित भने भएको छैन।

यता सुदूरपश्चिम प्रदेश सरकारले दोधारा चादँनी झोलुंगे पुल पुनःनिर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।