काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘हेरिटेज रन’ केवल दौड प्रतियोगिता मात्र नभई काठमाडौंको संस्कृति, सम्पदा र जनजीवनसँग जोडिने अवसर भएको बताएकी छन्।
काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘हेरिटेज रन’ का अवसरमा बोल्दै डंगोलले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले आफ्ना कार्यक्रम अघि बढाइरहेको स्पष्ट पारिन्।
उनले काठमाडौंका मन्दिर, गल्ली, परम्परा, संगीत र खानपानले सहरको मौलिक पहिचान झल्काउने उल्लेख गर्दै हेरिटेज रनले ती पक्षसँग नागरिकलाई जोड्ने बताइन्।

‘हाम्रो उद्देश्य दौडिनु मात्र नभई काठमाडौंलाई महसुस गर्नु र यसप्रति अपनत्व बढाउनु हो,’ डंगोलले भनिन्।
काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै नागरिकमा सम्पदाप्रतिको अपनत्व बढाउनु आवश्यक रहेको उनको भनाइ थियो।
महानगरपालिकाले संस्कृति र सम्पदाको संरक्षणसँगै तिनलाई नागरिकको दैनिक जीवनसँग जोड्ने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ। हेरिटेज रनलाई पनि काठमाडौंको मौलिक पहिचान, सांस्कृतिक विविधता र सम्पदाबारे जनचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा लिइएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।