अमेरिकाको फ्लोरिडा राज्यको टलाहासीमा शनिबार राति फुटबल स्टेडियमनजिक गोली चल्दा १२ जना घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये ६ जना बालबालिका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ भने नौ जनाको अवस्था स्थिर रहेको बताइएको छ। घटनामा संलग्न भएको आरोपमा हालसम्म कसैलाई पक्राउ गरिएको छैन।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गोली चल्नुअघि त्यहाँ विद्यार्थीहरूबीच झगडा भएको थियो। फुटबल खेल सकिएपछि उक्त क्षेत्रमा मानिसहरूको भीड लागेको थियो।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।