ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

शिव शर्मा मृ`त्यु प्रकरणमा नयाँ खुलासा : राति १ बजेको सिसिटिभी फुटेजमा के छ ?

भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबे सँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ।

एनडीटीभीका अनुसार यो फुटेज ४ अगस्ट २०२६ को हो। भिडियोमा श्रद्धा र शिव राति करिब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्। उनीहरूसँगै अर्की युवती पनि देखिएकी छन्।

शिव शर्माको ९ अक्टोबरमा लखनउको हजरतगंज क्षेत्रस्थित एक अपार्टमेन्टको चौथो तलाको कौसीबाट खसेपछि मृत्यु भएको थियो। उनको मृत्युको घटनालाई लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

विज्ञापन

शिवकी आमा रञ्जना शर्माले श्रद्धा दुबे र अन्य व्यक्तिविरुद्ध हत्या गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। उनले शिवलाई कुटपिट गरेर कौसीबाट खसालिएको आरोप लगाएकी छन्।

घटनापछि श्रद्धा दुबे, उनकी बहिनी रश्मी दुबे र चालक दानिशलाई महाराष्ट्रको नागपुरबाट पक्राउ गरिएको थियो। उनीहरूलाई लखनउ ल्याएर प्रहरीले सोधपुछ गरिरहेको छ। उनीहरू फरार रहेको अवधिमा कहाँ बसेका थिए र कसले सहयोग गरेको थियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।

प्रहरीले पक्राउ परेकाहरूबाट बरामद मोबाइल फोन र अन्य सामान फोरेन्सिक परीक्षणका लागि पठाएको जनाएको छ। अनुसन्धानका क्रममा प्रहरीले उनीहरूको गतिविधि र घटनासँग सम्बन्धित अन्य प्रमाण संकलन गरिरहेको छ।

यसअघि श्रद्धाले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै शिवले आफैं कौसीबाट हाम फालेको दाबी गरेकी थिइन्।

उनले शिवमाथि १५ देखि २० लाख भारतीय रुपैयाँ ऋण रहेको र ऋणका कारण उनी मानसिक दबाबमा रहेको बताएकी थिइन्। तर, शिवकी आमाले भने आफ्नो छोरा ऋणमा नरहेको र उनको मृत्युमा श्रद्धाको भूमिका रहेको आरोप लगाएकी छन्।

प्रहरीले शिवको मृत्युको वास्तविक कारण पत्ता लगाउन विभिन्न प्रमाणको अध्ययन गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।