विज्ञापन
कला तथा मनोरञ्जन

४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न

भक्तपुरको यातामा आयोजित ४६औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) शनिबार साँझ सम्पन्न भएको छ। नेपाल संवत् ११४६ को अवसरमा ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने नारासहित शुक्रबारदेखि सुरु भएको सम्मेलनमा भाषा, साहित्य, कला, संस्कृति तथा समसामयिक सामाजिक र राजनीतिक विषयमा छलफल गरिएको थियो।

समापन समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजनीतिमा सक्रिय व्यक्तिले समाजका समस्या बुझ्न अध्ययन, अनुसन्धान र व्यवहारिक अनुभवलाई प्राथमिकता दिनुपर्ने बताए। राजनीतिक क्षमता पार्टी सदस्यताबाट मात्र पुष्टि नहुने भन्दै उनले व्यक्तिको ज्ञान, योग्यता र कार्यक्षमताका आधारमा मूल्याङ्कन गर्नुपर्ने धारणा राखे।

सम्मेलनका क्रममा किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु आशालाल खायमली, समाजसेवी कृष्णदेवी वाङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई सम्मान गरिएको थियो। पहिलो दिन कवि दामोदर सुवाल, दयालक्ष्मी जोशी र ‘मुकुण्डो’ पुस्तकका लेखक वीणा जोशी सम्मानित भएका थिए।

विज्ञापन

दुईदिने सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्ध वाचनका साथै प्रतियोगितात्मक साहित्यिक प्रस्तुति, नाटक, गीत, नृत्य र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो। सम्मेलनमा ‘तःमुंज्या’ स्मारिकासमेत विमोचन गरिएको आयोजकले जनाएको छ।

नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति र सम्पदाको संरक्षण तथा नयाँ पुस्तालाई साहित्य सिर्जनामा प्रोत्साहन गर्दै आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।