ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

'बिग बोस' होस्ट गर्न पुगेका रोहित शेट्टीले भने : हाम्रा घरहरूमा गो*ली चलिरहेको छ

भारतीय फिल्म निर्देशक रोहित शेट्टीले सलमान खानको व्यस्तताका कारण उपस्थित हुन नसकेपछि रियालिटी शो ‘बिग बोस २०’ को पछिल्लो ‘वीकेन्डका वार’ एपिसोड सञ्चालन गरेका छन्।

उक्त एपिसोडमा रोहितले आसिफ खान, स्काउट ओपी र युङ डीएसएसहितका प्रतियोगीहरूलाई उनीहरूको व्यवहारबारे कडा प्रतिक्रिया दिए। यसै क्रममा स्टन्ट निर्देशकबाट फिल्म निर्देशक बनेका रोहितले केही महिनाअघि आफ्नो निवासमा भएको गोलीकाण्डबारे पनि कुरा गरे।

‘बिग बोस’को पछिल्लो ‘वीकेन्डका वार’ एपिसोडमा रोहितले प्रतियोगीहरूलाई उनीहरूको आक्रामक व्यवहारका लागि प्रश्न गरेका छन्।

विज्ञापन

एपिसोडका क्रममा रोहतिले आफ्नो जीवनमा भइरहेको वास्तविक घटनातर्फ सङ्केत गर्दै भने, ‘यहाँ हाम्रा घरहरूमा गोली चलिरहेको छ। आखिर के कारणले तिमीहरू गुण्डाजस्तो बनेर हिँडिरहेका छौ?’

उनले थपे, ‘मानिसहरूलाई लाग्छ, यदि तिमीहरूलाई केही भनियो भने हामीलाई सामाजिक सञ्जालमा ट्रोल गरिनेछ। तर हाम्रो जीवनमा जे भइरहेको छ, त्यसले के हामीलाई ट्रोलिङदेखि डराउने बनाउँछ र ?’

यस वर्षको फेब्रुअरीमा मुम्बईको जुहुस्थित रोहित शेट्टीको निवासमा पाँच राउन्ड गोली प्रहार गरिएको थियो। उक्त घटनामा लरेन्स बिश्नोई गिरोहका सदस्यहरू संलग्न रहेको आशङ्का गरिएको थियो।

यस घटनासम्बन्धी अनुसन्धानपछि मुम्बई प्रहरीले १७ जना आरोपितविरुद्ध आरोपपत्र दायर गरेको थियो।

यसअघि, सन् २०२४ को अप्रिलमा सलमान खानको बान्द्रास्थित निवासबाहिर पनि बन्दुकधारीहरूले गोली चलाएका थिए।

हालै, अक्टोबर १८ मा जुहुस्थित फुटबल मैदानबाट बाहिरिने क्रममा अभिनेता टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार गरिएको थियो। उक्त घटनामा तीन जना व्यक्ति संलग्न रहेको बताइएको छ। उनीहरूले अभिनेताको कारतर्फ पाँच राउन्ड गोली चलाएका थिए।

टाइगरलाई गोली लागेन, तर उनका चालक र अर्का एक व्यक्ति घाइते भए। यस घटनापछि मुम्बई प्रहरीले टाइगर श्रफ, सलमान खान, आमिर खान र रोहित शेट्टीसहित बलिउडका विभिन्न व्यक्तित्वहरूको सुरक्षामा कडाइ गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।