विज्ञापन
कला तथा मनोरञ्जन

दसैंको कथा

“बाबा दसैं किन मनाउँछन्? ” सात वर्षीय कुमारले आफ्नो बासँग सोध्यो।

“छोरा, दसैं प्राचीनकालदेखि मनाउँदै आएको महान् पर्व हो यसलाई बडादसैं पनि भन्छन्। ” लखनले छोरालाई जानकारी गराउँदै भन्यो।

” त्यो त ठिक हो तर मनाउने उद्देश्य के होला? “-कुमारले जिज्ञासा राख्याे।

विज्ञापन

” उद्देश्य त सबै चाडपर्वको एउटै हुन्छ, समाजमा एकता बनिरहोस, देशमा शान्ति सुव्यवस्था बनिरहोस्।” लखनले छोरालाई सम्झाउँदै भन्यो।

“तर चाडपर्वमा नै धेरै लडाइ परेको हुन्छ। हिजो पनि तल्ला घरे अंकलको लडाइ परेपछि प्रहरी आएका थिए।” कुमारले निधार खुम्चाउँदै भन्यो।

” हो र? “लखनले सटिकमा सोध्यो।

“हजुर हो निस उनीहरू भाइ दाइमै कुटाकुट हुन्छ।” कुमारले भन्यो।

“दशै त नराम्रोमा राम्रोको जीत हो। हत्याहिसाको विरोधमा हो।” लखनले फन्यो।

“त्यो त झुट कुरा बोल्नुभयो हजुरले!” कुमारले नाक मुख बिगार्दै भन्यो।

– होइन छोरा यथार्थ हो।

” जति हत्याहिंसा दसैंमा हुन्छ अरू पर्वमा हुँदैन।” सात वर्षीय कुमारका कुराले लखन आवाक् बन्यो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।